अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय परिषरमा निर्माण भएको सेवाग्राही प्रतिक्षालयको औपचारिक उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी कार्यालय परिशरमा निर्मित सेवाग्राही प्रतिक्षालयको उदघाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले राज्यको स्थापना देखि प्रहरी संगठनको ऐतिहासिक महत्त्व रहेको बताए ।
सेवाग्राही – प्रतिक्षालयको समुदघाटन कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आन्तरिक स्रोतबाट सेवाग्राही – प्रतिक्षालयको निर्माण गरिएको हो । यस प्रतिक्षालयमा ६० जना सम्म बस्न सक्नेछन् ।