किमडाँडाको घोचेखोला जगतमा कृर्षि अनुगमन कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर सहित)
श्रावण १ गते, २०७५ मा प्रकाशित
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगरपालिका कृर्षि शाखाको अायोजना गरेको वार्ड नम्बर ८ को किमडाँडाको घोचेखोला जगतमा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृर्षिको क्रान्ति बिना अन्य बिकासको नगरभित्र कुनै सम्भावना नरेहेको बताउनु भएको छ ।
भुसालले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पसुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै कृर्षि क्षेत्रको बिकास नै नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताउनु भएको हो ।
अनुगमन कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन अाफसहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकाश निर्माणका कामहरु अनुगमन गरेर सकरात्मक सुझाब सल्लाह दिन अाग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले कृर्षिलाई पहिलो प्राथमिकता दिएकोले बिभिन्न खालका तालिम गोष्ठी किसानलाई व्यहारमा लागु हुने खालका योजना अागामि बर्ष लागु गर्न लागिएको बताउनु भयो ।
उपप्रमुख बिकले अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली वार्ड अध्यक्ष मोतिजग रायमाझी लिला राम गौतम, कृष्ण आचार्य लक्ष्मिनारायण चुदाली लगायतले मन्तब्य राख्दै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा कृर्षि शाखा प्रमुख नन्द लाल पान्डे पशु शाखा प्रमुख राधा पान्डे कृर्षि प्राबिधिक राजेन्द्र भट्टराई रेश्मि राज ज्ञवाली, बुद्दि गौतम पत्रकारहरुको सहभागीता रहेको थियोे ।