प्रेमनारायण आचार्य
भुमिकास्थान, अर्घाखाँची १ साउन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
शुसासन कायम गरि पारदर्शिता तथा जवाफदेहिता कायम गर्नकालागि सार्बजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।
एकिकृत ग्रामीण विकास सस्थाको आयोजना र भुमिकास्थान नगरपालिकाको सहयोगमा सञ्चालन भुमिकास्थान नगरपालिकाको आर्थिक बर्ष २०७४, ७५ को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख रेशम थापाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउन आफु लागि परेको बताउदै समृद्ध नगर बनाउनु आफु लागेको बताउनु भयो ।
नगर उपप्रमुख खडानन्द बेल्बासेले भौगौलिक दृष्टिले कृषि र पशुपालनमा उपयुक्त रहेको भुमिकास्थान नगरपालिकालाइ कृषि र पशुपालनलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, वडा अध्यक्षहरु भोजराज खनाल, बुद्धिबहादुर थापा, बाबुराम पन्थी सुनार, तुल्सीराम बेल्बासे, झबिलाल बन्जाडे, तारा मल्ल, राजकुमार श्रेष्ठ, नारायण खनाल, खगेश्वर पन्थी, शाखा अधिकृत खगेन्द्रराज मरासिनी, लेखा अधिकृत नविन श्रेष्ठ, कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल, जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायत , स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।