प्रेमनारायण आचार्य
छत्रदेव, अर्घाखाँची १ साउन । नेपालकै खरको छानोमुक्त छत्रदेव गाँउपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
एकिकृत ग्रामीण विकास सस्थाको आयोजना र छत्रदेव गाँउपालिकाको सहयोगमा आर्थिक बर्ष २०७४, ७५ को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै गाँउपालिका प्रमुख लेखनाथ पोख्रेलले छत्रदेव गाँउपालिकालाइ नेपालकै नमुना गाँउपालिका बनाउन लागि परेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, वडा अध्यक्षहरु पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल, जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायत , स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम रिदय भुसालको अध्यक्षता र प्रेम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।