सन्धिखर्कमा विपि स्मृति दिवसको अबसरमा बृक्षारोपण (तस्बिर सहित)

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ६ साउन । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अबसरमा सन्धिखर्कमा आज बृक्षारोपण गरिएको छ । 
नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको आयेजनामा सन्धिखर्कको पाणिनि बहुमुखी क्याम्पसको प्रांगण तथा आसपासको क्षेत्रमा फलफुल बृक्षारोपण गरिएको हो । 
बृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका महासमिति सदस्य केसब श्रेष्ठ, महाधिबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, जिल्ला सहसचिव इन्सु मिया, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, पाणिनि बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष घनश्याम पौडेल, कांग्रेसका माधब श्रेष्ठ, अम्मर श्रेष्ठ,  लगायतको उपस्थििति रहेको थियो । 
आज जिल्लाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको जिल्ला सभापति बिष्णु मुस्कानले बताउनु भयो । 
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिवार्चित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।