सुर्य भुसाल
बिहार बजार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय सभाका सासद चन्द बहादुर खड्काले मुलुकको बिकास निर्माणले तिब्र गति लिएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकालाई हरित शहर बनाउने अभियान अन्तरगत वार्ड नम्बर १० ले बिहार बजारमा अायोजना गरेको सडक किनारमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्दै सासद खड्काले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न अाग्रह गर्नु भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न सबै टोल सुधार समितिहरुलाई अाग्रह गर्नु भएको छ । प्रमुख भुसालले एक घर एक बिरुवा अनिवार्य लगाउनु पर्नेमा जोड दिनु भएको हो । उहाले हराभरा टोलबस्ती बनाउनु सबै नगरबासिको दायित्व भएको बताउदै प्रयाबरणको हिसाबले पनि जताततै हरियालि बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क नगरपालिकाले बजारलाई ग्रिन सिटिमा पणिरत गर्नका लागि जताततै हरियाली बनाउने अभियान अन्तरगत वृक्षारोपणलाई तिब्रता दिएको बताउनु भयो । उहाले बिकास भनेको बाटो घाटो मात्र नभई कृर्षि पसुपालन वृक्षारोपण पनि मुख्य बिकासका अाधारहरु भएको बताउदै हराभरा स्वछ्व नगरपालिका बनाउने अभियानमा लाग्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नगरपालिकाको बिकासका लागि अाफुहरुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला बन अधिकृत दिपक ज्ञवाली राष्ट्रिय अनुसन्धानका प्रमुख गोपाल पन्थि नेपाल पत्रकार महासघका अध्यक्ष हिम जिसि लेकाली पत्रकार महासघका प्रदेश सदस्य सोभाखर पन्थि स्थानियबासीहरु नेकपाका नेता राजेन्द्र भुसाल, पत्रकारहरु नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति केशब कुवर लगायतका अतिथिहरुको सहभागीता रहेको थियोे ।
यस्तै वार्ड नम्बर १० का अध्यक्ष लक्ष्मिनारायण चुदाली सदस्य भेष बहादुर कुवर लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।