भुमिकास्थान नगरपालिकाका सुचना प्रविधीमा अगाडि, सबै दश वटा वार्डमा विद्युतीय हाजिरी तथा इन्टरनेट जडान

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वार्डमा विद्युतीय हाजिरी (ई-हाजिरी) तथा इन्टरनेट जडान गरिएको छ ।
नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने ईन्टरनेट र कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाले ई–हाजिरी सोमबारदेखि शुरु गरेको हो । साथै महत्वपूर्ण सूचना तथा समाचारहरुको जानकारी गराउने उद्धेश्य अनुरुप कार्यालयमा एलइडी डिस्प्ले पनि  राखिएको छ ।  
नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वार्ड र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए ।
यस्तै यस नगरपालिकाका ७ वटा स्वास्थ्य चौकी तथा ३ वटा सामुदायिक इकाई मध्ये अधिकांश कार्यालय तथा बिधालयहरुमा समेत ई-हाजिरी जडान भईसकेको र केहि स्थानमा छिट्टै जडान प्रक्रियामा रहेको छ । 
विद्युतीय हाजिरी (ई–हाजिरी) तथा इन्टरनेट जडान शुरुवात कार्यक्रममा नगर उप-प्रमुख खडानन्द बेल्वासे   र प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालले नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धताअनुसार कार्यालयबाट ई–हाजिरी शुरु गरिएको बताए ।  
विद्युतीय हाजिरी (ई-हाजिरी) तथा इन्टरनेट जडान गरिएका वार्ड:- 
वार्ड नं.-१ ढाकाबाङ (साबिक वडा नं. २,३,६ र ९ )
वार्ड नं.-२ ढाकाबाङ (साबिक वडा नं. १,४,५,७ र ८ )  
वार्ड नं.-३ धारापानी (साबिक वडा नं. ६-९ )
वार्ड नं.-४ धारापानी (साबिक वडा नं. १-५ )
वार्ड नं.-५ असुरकोट (साबिक वडा नं. १-९ ) 
वार्ड नं.-६ खिल्जी (साबिक वडा नं. १-९ )
वार्ड नं.-७ नुवाकोट (साबिक वडा नं. १,५,७,८ र ९ )
वार्ड नं.-८ नुवाकोट (साबिक वडा नं. २,३,४ र ६ )
वार्ड नं.-९ ढिकुरा (साबिक वडा नं. १-९ )
वार्ड नं.-१० धनचौर (साबिक वडा नं. १-९ )