कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न, साउन १५ गते विशाल बिरोध सभा गर्ने

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक बिपी स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।
काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानको अध्यक्षता पार्टी सचिब छबिलाल पौडेलको सन्चालनमा सम्पन्न भएको बैठकले अागामी साउन १५ गते सदरमुकाम सन्धिखर्कमा बृहत सभा सम्पन्न गर्नका लागि अागामी १२ गते ६ वटै पालिकामा अनिवार्य बैठक बसाल्नका लागि जिल्ला कमिटिबाट पालिकमा पार्टी प्रतिनिधि खटाउने निर्यण गरेको छ ।
बैठकले सन्धिखर्क नगरपालिकामा शान्ता भन्डारी शितगंगामा छबिलाल पौडेल भुमिकास्थानमा प्रेमनारायण बेल्वासे, छत्रदेवमा कृष्ण बहादुर ज्ञवाली, मालारानीमा लोकेन्द्रबहादुर बिस्वकर्मा, पाणिनीमा ईन्सु मियालाई प्रतिनिधि खटाउने निर्यण गरेको छ ।
खटाएका प्रतिनिधिहरु अनिवार्य रुपमा साउन १२ गते गाउँपालिकामा पुगि पार्टीको निर्देसन अनुसार ६१ वार्डका सभापतिहरु निर्वाचित जनप्रतिनिधिहरु पार्टीका कृर्यासिल सदस्यहरु सबै जनबर्गिय संगठनका प्रमुख प्रतिनिधि पदाधिकारी साधारण सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देसन दिएको जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
बैठकले १५ गतेको बिरोध सभामा जिल्ला भरका क्रियासिल सदस्यहरु पार्टीका सुभेक्षुकलाई अनिवार्य सन्धिखर्कमा हाजिर लगाउन उपस्थितिका लागि निर्देसन दिएको छ । हजारौंको सहभागीता सम्पन्न हुने बिरोध सभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य युवानेता प्रदिप पौडेल लगाएत केन्द्रीय नेताहरु सन्धिखर्कमा अाउने नेपालीका सचिब छबिलाल पौडेलले जानकारी दिनु भयो । 
बैठकले १५ गते नेपाल विधार्थी संघ नेपाल महिला संघ दलित संघ नेपाल तरुण दलका सबै प्रमुख प्रतिनिधिहरुलाई अनिवार्य अा-अफ्नो पहिचान ब्यानर सहित उपस्थित हुन बैठकले निर्देसन दिएको छ ।
बैठकले मन्च ब्यबस्थापनका लागि कृष्ण खनाललाई जिम्मेवारी दिएको छ । बैठकमा नेपाली काङ्ग्रेसका पुर्व सभापति कमल प्रसाद भुसाल जिल्ला उपसभापति शान्ता भन्डारी सचिब छबिलाल पौडेल बिस्नु भुसाल कोषाध्यक्ष कृस्न बहादुर ज्ञवाली सहसचिव ईन्सु मिया सदस्यहरु लोकेन्द्र बिक प्रेमनारायण बेल्बासे कृस्न खनाल हेमन्त बेल्बासे  पिताम्वर खनाल बिस्नु क्षेत्री ज्ञान बहादुर बिक  सगिता बेल्बासे सिता भुसाल चन्दा गैरे नेता बिस्नु प्रसाद भुसाल  नेपाल तरुणदलका अध्यक्ष नारायण खड्का नेपाल प्रस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल लगाएतको उपस्थित रहेको थियोे ।