अर्घाखाँची मुद्धा फैसलामा ५ नम्बर प्रदेशमै पहिलो, २८५ मुद्धामा २२३ फैसला


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  १० साउन । दर्ता भएका मुद्धा फैसला गर्नेमा अर्घाखाँची जिल्ला अदालत ५  नम्वर प्रदेशमै प्रथम भएको छ ।  
अर्घाखाँची जिल्ला  अदालतमा  आर्थिक बर्ष २०७४।०७५ मा ७८.२४५ प्रतिशत मुद्दा फैसला भै पाँच नम्वर प्रदेसमै प्रथम भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार मोहन प्रसाद बेल्बासेले बताए । जिल्ला अदालत अर्घाखाँचीमा एक बर्षमा २ सय ८५ मुद्धा  दर्ता भएकोमा २ सय २३ मुद्धा फैसला भएका थिए । फैसला हुन  अव जम्मा ६२ थान मुद्दा बाँकी रहेका छन । यस अदालतमा बिगत बर्ष जस्तै १ बर्ष नाघेका मुद्दाहरु छैनन । 
 बाँकी रहेका मुद्दाहरु मध्ये ९ थान मुद्दा ६ महिना नाघेका र ५३ थान मुद्दाहरु ६ महिना भित्रका रहेको जानकारी सूचना अधिकारी एवं प्रशासन तथा मुद्दा दायरी शाखाका फाँटवाला टेकराज गैरेले जानकारी दिए ।  
फैसला भएका २२३ थान मुद्दाहरु मध्ये २२ थान मुद्दा माननीय जिल्ला न्यायाधीश  केशबप्रसाद बास्तोलाको ईजलासबाट र  २०१ थान मुद्दा जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको ईजलासबाट फैसला भएका हुन  । 
 अदालतमा दर्ता भएका मुद्दाहरुमा सम्वन्ध विच्छेद, अंश, मानाचामल, जवर्जस्ती करणी, लेनदेन, जग्गा खिचोला, लिखत बदर, कर्तव्य ज्यान लगायतका रहेको बिवरण सुचना अधिकारी गैरेले जानकारी दिए । 
 
गत आर्थिक बर्ष २०७३।०७४ मा  २७० थान मुद्धा दर्ता भएकोमा २३० मुद्धा फैसला भएका थिए ।