सुर्य भुसाल
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अडगूरीमा तिन महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग बिकास समिति अर्घाखाँची र महिला सन्जाल अडगुरीले अायोजना गरेको तिन महिने ढाका बुनाई तालिममा सहभागी प्रशिक्षक, प्रशिक्षार्थी बिदाई कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले अाफुले सिकेको सिपहरु व्यवहारमा लागु गरे बेरोजगारी समस्या समधान हुदै जाने बताउनु भएको छ । उहाले कृर्षि पसुपालन सिपमुलक तालिमहरुलाई गाउँपालिकाले अगाडि सारेको बताउदै हराभरा गाउँ बनाउने अभियानमा लाग्न अाग्रह गर्नु भएको हो ।
अध्यक्ष गौतमले अब गाउँपालिका भित्र यस्ता खालका सिप मुलक तालिमहरुलाई प्राथमिकता दिएर अगाडि बढने बताउनु भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मि गौतमले नेपालमा सबै खाले क्रान्ति पुरा भएको बताउदै अब सबै अार्थिक क्रान्तिमा लाग्नु पर्ने बताउनु भयो । उहाले अार्थिक क्रान्तिको मुख्य मेरुदण्ड भनेको सिपमुलक तालिम कृर्षि पसुपालन भएको बताउदै अाफुले सिकेका कुरा व्यहारमा लागु गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलक गौतम घरेलु तथा साना उधोग बिकास समितिका प्रमुख कमल सुतार कार्की वार्ड अध्यक्ष गुणाखर अधिकारी लगायतले मन्तब्य राख्दै सिपमुलक तालिम अहिलेको मुख्य आवश्यकता रहेको बताउनु भएको थियोे ।