सन्धिखर्कमा राष्ट्रिय जनमाेर्चाकाे संघियताको खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर सहित)


बसन्त खड्का
चुत्राबेशी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीकाे अायाेजनामा गणतन्त्र, राष्ट्रियता र धर्म निरिपेक्षाताको रक्षा गरौं, संघियताको खारेजी गरौं” बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।   कार्यक्रममा सांसद पौडेलले एउटा सरकार चलाउन नसक्नेले आठ आठ वटा सरकार कसरी चलाउन सक्छन्, एउटा सरकार चलाउनको लागि त बिदेशी आशा गर्नुपर्ने स्थिति छ ।  भने आठ आठ वटा सरकार चलाउदा जनतालाई अनावश्यक कर लगाएर रिडको भारि बोकाउन सिवाए यो सघियताले अरु केही दिन नसक्ने बताइन् । जबसम्म नेपाली जनताहरु सचेत हुदैनन् र संघीयता खारेज गर्दैनन् यो संघीयताले नेपाल देश नै खारेज गर्ने छ, उनले भनिन् ।
सन्धिखर्कको साथी होटल प्रालिको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला अध्यक्ष थम्मन के.सीको अध्यक्षता सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपाका प्रतिनिधि राम बहादुर चौहान, काङ्ग्रेसका जिल्ला सभापती बिष्णु मुस्कान खनाल, नयाँ शक्तिका पुष्कर आचार्य, नेकपा बिप्लपका कमल केसी, बिबेकशिल साझा पार्टीका हरि प्रसाद भुसाल, प्रजातान्त्रिक पार्टीका देबि बहादुर खड्का, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, छ्त्रदेब गाउँपालिकाका लेखनाथ पोख्रेल, उद्योग बाणिज्य संघ सन्धिखर्कका नेत्र प्रसाद भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर लेकाली लगायतले बोलेका थिए ।
यस्तै कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि राजनितिक ब्यक्तित्व, नागरिक समाज, पत्रकार लगायतको उल्लेखनिय उपस्थित रहेको थियाे ।
कार्यक्रम गोपाल पौडेलको स्वागत मन्तव्य र बाबुराम पन्थीको सन्चालनमा सम्पन्न भएको थियो ।