छत्रदेव गाउँपालिकामा बादर ,बदेलको आतंक

अर्घाखाँची डट्कम संवाददाता

छत्रदेव अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा बादर र बदेलले आंतक मच्चाएको छ ।

मानो रोपेर मुरि उब्जाएर जिविको पार्जन गरेका गाउँपालिका बासीहरु बादर र बदेलले अन्न बाली नष्ट गरेपछी चिन्तित हुन थालेका छन ।

गाउँपालिकामा गत वर्ष बादर लाई नियन्त्रण गर्न पालिका बाट बादर धपाउन पहल सुरु गर्ने भनिएपनी कार्यनयन नभएको स्थानीय बासिहरुले बताएका छ । 

छत्रदेवका जनताले धेरै विकास चाहेका छैनन स्थानिय अशोक थापाले भने , हरेक पालिकाकाका वडाहरुमा बाटो घाटो पुगेकै छ शिक्षण, स्वास्थ्य सेवा पालिका बासिलाई पायक पर्ने स्थानमा पुगेकै छन विकास कता के मा हुदैछ ? भन्ने थाहा नै छैन । गतवर्ष बादर धपाउनेमा देशको पहिलो गाउँपालिका भनिएपनी त्यस्तो नभएको बताए ।