अर्घाखाँची डट्कम संवाददाता
काठमाडौँ, भारतको दिल्लीबाट १६ नेपाली युवतीलाई उद्दार गरेको एक हप्ता भित्र पुन: उत्तर प्रदेशको वाणारसी बाट उत्तर प्रदेश पुलिसले दिल्ली महिला आयोगको सहयोगमा १९ नेपाली महिलाहरुको उद्धार गरेको छ ।
वाणारसीको मैदान गढ बस्तीबाट एउटा घरमा छापा मारी मानव तस्करबाट महिलाहरुलाई मुक्त गरिएको दिल्ली महिला आयोगकि अध्यक्ष स्वाती मालिवालले बताइन ।
उक्त स्थान बाट ६८ वटा पासपोर्ट मिलेको र जसमा ७ वटा भारतिय र अन्य नेपाली पासपोर्ट रहेको बुझिएको छ ।
अहिले नेपाली महिलाहरुलाई सेल्टर होममा राखिएको र नेपाली राजदुतावास दिल्लीको मद्दत बाट सुरक्षीत नेपाल पठाउन लागिएको जनाइएको छ । केहि दिन यता देखी भारतमा महिला आयोगले यस अभियानलाई प्राथमिकताका साथ कार्वाही गरिरहेको छ ।