काराकास, भेनेजुएला, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि लक्षित गरि ड्रोन आक्रमण भएको छ ।
शनिबार राजधानी काराकासमा एउटा सार्वजनिक कार्यक्रममा भाषण गर्दै गरेको बेला राष्ट्रपति मादुरोमाथि विष्फोटकले भएरिएको उक्त ड्रोनले आक्रमण गरिएको हो ।
आक्रमणमा राष्ट्रपति मादुरोलाई केही नभएपनि उनको सुरक्षामा खटिएका सात जवान घाइते भएका छन् ।
विष्फोटले कार्यक्रमस्थलमा आगो लागेको र मानिसहरूमा भागाभाग मच्चिएको बताइएको छ । विष्फोटबाट लागेको आगो निभाउन दमकल नै मगाउनु परेको बताइएको छ । विष्फोटले आसपासका घरहरूका काँच चर्किएका थिए ।
भेनेजुएलाका सूचना तथा संचारमन्त्री जर्ज रोड्रिग्जले उक्त आक्रमणको पुष्टि गरेका छन् । उनले राष्ट्रपति निकोलसले भाषण गर्दैगर्दा उक्त विष्फोट भएको र राष्ट्रपति निकोलस सुरक्षित रहेको बताएका छन । उनले आक्रमंमा परेर सातजना सैनिक घाइते भएको समेत पुष्टि गरेका छन् ।
रोड्रिग्जका अनुसार आक्रमणमा जिम्मेवार रहेका केही संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
राष्ट्रपति निकोलसले यस आक्रमणपछाडि विदेशी शक्तिहरूको हात रहेको र यो आफ्नो हत्या गराउने प्रयास भएको प्रतिक्रया दिएका छन् । उनले यस आक्रमणमा भेनेजुएली दक्षिणपन्थी एवं कोलंबियाका केही समूहहरू जिम्मेवार रहेको र यसमा कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सेंटोसको समेत समर्थन रहेको आरोप लगाएका छन् ।
कारकसस्थित अमरिकी दूतावासले आफ्नो सुरक्षाप्रति सहेत रहन आफ्ना नागरिकहरूमा आग्रह गरेको छ । उक्त आक्रमणको एल-साल्भाडोर, निकारागुवा र बोलिभियाले भत्सर्ना गरेका छन् ।
उक्त आक्रमणको जिम्मेवारी थोरैमात्र चिनिएको समूह ‘सोल्जर्स इन टी-सर्ट’ले लिएको छ । ट्विटरमा सार्वजनिक वक्तव्य अनुसार उक्त समूहले आफूहरूको योजना सी-फोर विष्फोटकले भरिएका दुईवटा ड्रोन राष्ट्रपतिको टेबलमै उतार्न खोजेको तर भेनेजुएली सार्प सुटरहरूले भेनेजुएली राष्ट्रपति र उनकी श्रीमतीको हत्या गर्ने प्रयास असफल पारिदिएको उल्लेख गरेका छन् ।
उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुनसकेको छैन ।
“हामीहरूले तिनीहरू जोखिममा छन् भन्ने कुरा देखाइदिएका छौं ।” उनीहरूले ट्विट गरेका छन् ।
उक्त समूह एकजना प्रहरी हेलिकप्टर चालक र अभिनेता ओस्कार पेरेजले मिलेर निर्माण गरेका थिए ।
गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा ओस्कार लगायत अन्य छ जनाको भेनेजुएली सुरक्षासैन्यको गोली लागेर मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा कम घातक ग्रेनेड फालेका थिए र बन्दुक पड्काएका थिए ।
मादुरो २०१३ मा ह्युगो चाभेजको मृत्युपछि सत्तामा आएका हुन् । उनले शासन सम्हालेयता भेनेजुएला आर्थिक संकटमा व्यहोरिरहेको छ । एभरेस्ट दैनिकमा खबर छ