अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको हटिया कोटफेरामा जीप दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मथुराबेशीबाट सन्धिखर्क आउदै गरेको लु १ ज १७७० नम्बरको यात्रु बाहक जीप साँझ ८ बजे हटिया कोटफेरामा दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसालको घटनास्थलमै मृत्यु भएको छ।
जिप सडक बाट अन्दाजी ४० मिटर तल खसेको छ । जीपले सन्धिखर्कबाट मथुराबेशी यात्रुलाई छोडेर पुन: सन्धिखर्क फर्कदै थियो । भुसाल जीप मालिक हुनुका साथै आँफै गाडी चलाएका थिए । भुसालका श्रीमती २ छोरी रहेका छन् ।
जीप वर्षाको समय चिप्लो सागुँरो बाटोका कारण चिप्लिएर दुर्घट्ना भएको बताइएको छ । दुर्घटनाको थप कारणका बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।