सुर्य भुसाल
शितगंगा,(अर्घाखाँची डट्कम) शितगंगा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारिले सिपमुलक तालिम दिएर बेरोजगारी समस्या समधान गर्ने अभियानमा अाफुहरु लागि परेको बताउनु भएको छ ।
शितगंगा नगरपालिका अर्घाखाँची ले अायोजना गरेको दलित बिपन्न परिबारहरु लाई पेसा सन्चालन गर्नका लागि अारन बितरण गर्दै नगरप्रमुख अधिकारी ले अाफुले सिकेका कुरा व्यवहारमा उतार्न तथा गाउगाउमा सिप सिकाउन अाग्रह गर्नु भएको हो ।
नगरप्रमुख अधिकारिले बिकास भनेको जादुको छडि जस्तो नहुने बताउदै सम्रग नगरपालिका को बिकास दुर्त गतिमा अगाडि बढेको दाबि गर्दै उहाले भौगोलिक रुपमा बिकट भएको कारण धेरै चुनौति हुदा हुदै पनि अाफुहरुले १४ वार्डमा समानुपातिक बिकास निर्माणका कामहरु भई रहेको बताउदै समुन्नत नगरपालिका हराभरा नगरपालिका अाफुहरुको महा अभियान भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिनारायण बेल्बासे वार्ड नम्बर १४का वार्ड अध्यक्ष दामोदर न्यौपाने लगाएत ले मन्तब्य राख्दै सिपमुलक तालिम अहिलेको मुख्य आवस्यकता भएको कारण नगरले तालिम हरुलाई प्राथमिकता दिएको बताएका थिए ।
कार्यक्रम मा ६० थान अारन बितरण गरिएको थियोे । परमपरागत पेसा बाट अाधुनिक पेसामा ल्याउनका लागि अारन बितरण गरिएको नगप्रमुख अधिकारी को भनाइ छ ।