खाचिकोटमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका सबै राष्ट्रिय जनमोर्चा फिर्ता

अर्घाखाँचीडट्कम संवाददाता 
खाचिकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाचिकोटमा केही दिन अगाडि राष्ट्रिय जनमोर्चा परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरे भनिएका सबै कार्यकर्ताले आफुहरु राजमोमा नै रहेको बताएका छन् । 
नेकपाले खांचिकोटमा आयोजना गरेको सभाको कार्यक्रममा आफुहरु सहभागि भएपनि आफुहरु नेकपाको कार्यकर्ता नभएको उनिहरुले स्पष्ट पारेका हुन् । गत साउन १६ गते बुधवार राती खाँचीकोट मैदानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता फर्स बहादुर केसी, ढुक बहादुर खत्री, चुरा बहादुर केसी, नेपाली काँग्रेसका युवा नेता टुल्क बहादुर थापा, सुरज थापा लगायतका कयौ  नेता तथा कार्यकर्ताहरु खाचिकोटमा रहेको चुन्ढुङा, ठेक्कापट्टा, आफ्नो स्वार्थका लागि नेकपामा प्रवेश गरेका थिए ।  
केही ब्यक्ती आफ्नो ब्यक्तिगत स्वार्थको लागि अरुको नाम जबर्जस्ती टिप्न लागाएर रातिको समयमा प्रवेश गराएको, आफू भ्रममा पारिएको उनिहरुले बताए   ।  
पार्टी प्रवेश गरेका उनिहरुलाई नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझी, नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वल, प्रदेशसभा क्षेत्र नं.१ का सदस्य चेतनारायण आचार्य, प्रदेशसभा क्षेत्र नं.२ का सदस्य रामजी प्रसाद घिमिरे र नेकपाका नेता जिवनारायण कोईरालाले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज खांचिकोटमा सम्पन्न गरेको जनभेटघाट कार्यक्रममा बोल्दै उक्त समुहले राजमो जस्तो देश र जनताको पक्षमा लड्ने पार्टीलाई आफुहरुले छोड्न नसक्ने जिकिर गरेको त्यहांबाट अखिल नेपाल युवकसँघ का जिल्ला कोसाधक्ष वसन्त खड्काले जानकारी दिए । यसरी आफुहरु राजमोकै कार्यकर्ता भएको जनाउनेहरुमा कृष्ण बहादुर चुंदाली, सन्त बहादुर चुंदाली, पदम खड्का, पदम शुर्यबंशी, अनिता चुंदाली, हरी खत्री, डोल बहादुर सुर्यबंशी, भिम बहादुर सुर्यबंशी, खिम बहादुर खत्री, सुरज खत्री, खिम बहादुर के.सी.लगायत रहेको राजमो खांचिकोटका अध्यक्ष दिलदार हुसेनले जानकारी दिए । 
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.,सचिव बाबुराम सुनार, कोषाध्यक्ष यमलाल पोख्रेल, सचिवालय सदस्य गोविन्द वि.सी. लगायतको सहभागिता रहेको राष्ट्रिय जनमोर्चा खांचिकोटले जनाएको छ ।