सन्धिखर्कको स्यालेबजारबाट ५० हजार चोरी गर्ने दुई जना पक्राउ

बिष्णु खनाल


सन्धिखर्क, (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाबाट चोरी मुद्धामा २ जना पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका वार्ड नं. ३ ओल्ला खोला बस्ने निर्मला बि.क. र भुमिकास्थान नगरपालिका वार्ड नं. ७ पानडाँडा बस्ने सुमन सारु चोरी मुद्धामा शुक्रबार पक्राउ परेका हुन् । उनीहरुले साउन २१ गते सन्धिखर्क नगरपालिका वार्ड नं. ३ स्यालेबजारमा व्यवसाय गर्दै आउनु भएकी शुसिला शाहको घरबाट नगद पचास हजार चोरी गरेका थिए ।

खाजा बनाउन भनि कोठामा बसेका उनीहरुले नगद ५० हजार चोरी गरेको शुसिला शाहले बताउनु भयो । नगर चोरी फरार रहेका बि.क. र सारुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जाहेरी आएपछि खोजतलास गर्दै जादा प्रहरीले प्रक्राउ गरेको प्रहरी निरिक्षक खिम बहादुर घ.म.ले जानाकारी दिनुभयो । उनीहरुलाई चोरी मुद्धा दर्ता भएको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।