प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बस्याल ब्रोदर्स अटो लिक प्रालिले बजाज कम्पनीको १५० सिसी डबल डीक्स मोटरसाइकल लन्चिङ गरेको छ ।
१८० सिसी एभेन्जर मोटरसाइकल भित्राएको बस्याल ब्रदर्सले १५० सिसी डबल डीक्स मोटरसाइकलको बिक्री शुरु गरेको हो । बजाज कम्पनीले १५० सिसी डबल डीक्स मोटरसाइकल आज देशभर लन्च गरेको छ ।
आज आईताबार एक कार्यक्रमको आयोजना गरी अटोलिकका सन्चालक निराजन बस्यालले उक्त मोटरसाइकल लन्चिङ गरेको कम्पनीको पत्र बाचन गरेर घोषणा गरेका हुन । पल्सर १५० ट् विन डिस्क यो मोटरसाइकलको मुल्य २,५५,९०० रुपैया तोकिएको छ ।
विदेशमा १५० सीसी सेगमेन्टका मोटरसाइकल हाइवेमा चलाउन नपाइने भएपनि नेपालमा यो सेगमेन्टका मोटरसाइकल ज्यादै लाकप्रिय रहेको छ । पछिल्लो समय सहरमा मात्र नभई ग्रामिण इलाकामा समेत सडक विस्तार व्यापक रुपमा भइरहेकाले त्यहाँका बासिन्दाले समेत १५० सीसी रेन्जका बाइक रोज्ने गर्छन् ।
युवा पुस्तामा मात्र नभई अफिसियल प्रयोगकर्ताहरुले समेत सोही रेन्जका मोटरसाइकल रोज्ने गरेको पाइन्छ । ‘१५० सीसी भन्दा माथिका बाइक हेर्दा आकर्षक लागे पनि हेभी हुने भएकाले चलाउन गाह्रो हुन्छ । त्यसमाथि माइलज समेत कम दिने हुँदा मध्यम स्तरको बाइकमा सबैको आँखा लागेको व्यवसायीको भनाई छ । मध्यम वर्गीयहरुले यो सेगमेन्टका बाइक चढ्नुलाई ‘स्टाटस सिम्बोल’को रुपमा समेत हेर्ने गर्छन । सय सीसीसमम्मका मोटरसाइकल चढ्दै आएका युवा तथा अर्धबैंसेले १५० सीसी सेगमेन्टकै मोटरसाइकल रोज्न थालेका छन् । १५० सीसीकाको बाइक अफरोडमा समेत राम्रोसँग कुदाउन सकिन्छ । यो सेगमेन्टका बाइकमा डिजीटल डिस्प्ले, अटो अनअफ, डिसब्रेक लगायत धेरै सुविधाहरु हुन्छन ।