चुत्राबेशीको शिद्धेश्वर शिवालय मन्दिरमा साउनको अन्तिम सोमबार महिलाहरुद्दारा पूजाआराधना (तस्बिर सहित)

श्याम घिमिरे 
चुत्राबेशी, अर्घाखाँची  २८ साउन । आज साउन महिनाको अन्तिम सोमबार, हिन्दु महिलाहरुले पूजा आराधना गरी सोमबारे ब्रत समापन गर्देछन् । पहिलो सोमबारदेखि सुरु भएको ब्रत विभिन्न शिव मन्दिरमा पुगेर महिलाहरुले पूजाआराधना गरी समापन गर्ने गर्दछन् । ब्रतको अन्तिम दिन महिलाहरु सहित पुरुषहरु समेत मन्दिरमा पुग्ने गर्दछन् । साउनको सोमबार व्रत गर्नाले श्रीमानको दीर्घायु हुने हिन्दू महिलाहरूको विश्वास रही आएको छ ।
त्यसैले पनि साउनको सोमबार महिलाहरूले हरियो रंगको बस्त्र, चुरा, पोते,मेहन्दी र हिन्दुधर्म अनुसारका बस्त्र लगाएर शिवको व्रत बस्ने गर्दछन् । साउन महिनाको आज अन्तिम सोमबार काठमाडौं लगायत देशै भरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको थियो ।
यसैबिच सन्धिखर्क नगरपालीका वडानम्बर २ भक्तिटोलमा अबस्थीत श्री शिद्धेश्वर शिबालय मन्दिरमा पनि विहानै देखि दर्शालु भक्तजनहरुकोे भीड लागेको थियो । श्राबण महिना भर मन्दिरमा करीब बिश हजार दर्शालु भक्तजनहरुले मन्दिरको दर्शन गरेको मन्दिर ब्यबस्थापन समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।