हंसपुरमा अविरल बर्षाले घर भत्किएपछि सरकारी भवनमा आश्रय

प्रेम नारायण आचार्य 
हंसपुर, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिकाको हंसपुरमा अविरल बर्षाले घर भत्किएको छ ।
 
मालारानी गाँउपालिका वाड नम्वर ६ हंसपुरको रतनमारे निवासी श्यामबहादुर थापाको   टिनले छाएको २ तले घर भत्किएको हो । 
घर भत्किएपछि श्यामबहादुर थापाको ६ जनाको परिवारलाइ पुरानो गाविस भवनमा लगेर अस्थायी रुपमा बस्ने ब्यबस्था मिलाइएको छ  । 
यसै विच अविरल बर्षाको कारण जिल्लाका ग्रामीण क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन । बर्षाका कारण ठाउठाउमा पहिरो जादा सिद्धारा चाक्ला, ठाडा, जुकेना, जलुके लगायतका  मोटरबाटोमा यातायातका साधन चल्न सकेका छैनन । यातायातका साधन चल्न  नसक्दा विरामी , बृद्ध तथा बालबालिकाहरुलाइ सास्ती भएको छ । 
स्थानीयहरु ४,५ घण्टाको पैदल हिडेर आफ्नो गन्तब्यमा पुग्न बाध्य भएका छन । वर्षाले मोटरबाटो हिलो तथा अफ्ठेरो  भएपनि जिल्लाका अन्य स्थानमा देउराली यातायात व्यवसायी समितिले जीपहरु सञ्चालन गरेर सेवा दिइरहेको देउराली यातायात व्यासायी समितिका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिए ।  कठिन अबस्थामा पनि यात्रुको सेवालाइ मध्यनजर गरेर गाडी सञ्चालन गरेको अध्यक्ष खड्काको भनाइ छ ।