प्रेम खड्का
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वार्ड अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नारायण खड्काले आफुले पाएको तलब भत्ता गरिव, दु:खी, अपाङ्ग तथा समाजसेवामा लगाएका छन् ।
यसैक्रममा खड्काले नगरपालिकाबाट वार्ड अध्यक्षले पाएको १ लाख ५० हजारको पल्सर मोटरसाइकल अाफ्ना कार्यालय सहयोगीलाई दिएका छन् । उनले नगरपालिकाबाट वार्ड अध्यक्षलाई आएको केही नलिने र प्रयोग नगर्ने भन्दै अाफ्ना कार्यालय सहयोगीलाई दिएका हुन् ।
खड्काले वार्ड कार्यालयमा आउने सेवाग्राहीलाई अझ छिटो सेवा-सुविधा दिन सकियोस भनेर वार्ड अध्यक्षले पाएको बाइक कार्यालय सहयोगीलाई दिएको बताए ।
यस अगाडि वार्ड अध्यक्ष नारायण खड्काले आफ्नो भत्ता बापतको पैसा गरिब दुखीलाई दिने प्रतिबद्दता व्यक्त गरेका थिए । उनले वार्ड नम्बर १२मा कोही विरामी पर्दा पनि अस्पतालमा उपचार गर्न पुराउने गर्दै आएका छन् । यहाँका लगभग सबै गाउँमा खानेपानी, बाटो पुराईसकेका छन् । उनी यहाँका हरेक गाउँ – घरमा पुगेका हुन्छन् ।
खड्काले आफ्नो पुरानो चुनावी प्रतिबद्दता अनुसार गरिव, दुखी अपाङ्गलाई सहयोग गर्दै आएको बताए । यस्तै खड्काले वार्डका साथै नगरपालिकामा हुने सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
उता खड्काको कार्यबाट स्थानियबासीहरु हर्सित छन् । आफुहरुले ईतिहासमा अहिलेसम्मको सबैभन्दा राम्रो व्यक्तिलाई वार्ड अध्यक्षमा चुनेको उनिहरुले बताएका छन् । खड्का जिल्लामा पहिलो उदारणिय प्रतिनिधि भएका छन् । साथै सबैका प्यारा भएका छन् ।