सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिकाले जथाभाबी कर नबढाएको बताउनु भएको छ ।
अाफुहरु निर्बाचित बनेर अाएपछि नगरपालिका भित्र जनतालाई सहज सरल तरिकाबाट काम गर्ने बाताबरण श्रृर्जना गरेको बताउदै उहाले नगरपालिकाले अनावश्यक कर बढाएको छ भन्ने कुरा निराधार रहेको बताउनु भएको हो । उहाले बजारमा नक्सा पास नहुँदा जनताले सास्ती पाएको देखेपछि अाफुहरुले पहिलो काम सहज ढगले नक्सा पास गरेर जनतालाई सेवा दिन सुरु गरेको बताउनु भयो ।
नगरपालिकामा अाज बरिस्ठ पत्रकारहरुसँग कुराकानी गर्दै उहाले करको दायरा फराकिलो नगराऐको बरु त्यसलाई सागुरो बनाउदै धेरै जस्तो कामहरु निशुल्क सेवाहुने गरेको त्यसको प्रचार नभएको उहाले दाबी गर्नु भयो ।
स्थानिय तहहरुले चर्को कर बढाएर बिबादमा अाईरहेका बेला सन्धिखर्कले कुनै करमा बृर्दि नगरेको तर राज्यको मापन अनुसार एकीकृत सम्पत्ति कर लागू भएको बताउदै अब नगरलाई हराभरा बनाउने बतानु भयो । उहाले १ बर्षमा बजारको मुटुमा रहेको शान्ति बगैचालाई अाधुनिकरण गर्दै नगरपालिका बिकास पथमा लम्कि रहेको बताउनु भयो ।
सबै नगरबासीले सहयोग गरेमा हराभरा भष्टचार मुक्त नगरपालिका बनाउन अाफुहरु रातदिन लागिपरेको बताउदै जनमुखि काम गरेर देखाउने उहाको भनाइ छ ।
नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिकाले कर बृर्दि गरेको कुरा निराधार र सत्य नभएको बताउनु भयो । अाफुहरु निर्बाचित भएको १ बर्षमा बजारको मुहार फेरिएको बताउदै नगरपालिकाबाट धेरै कुराहरु अाफुहरुले निशुल्क गरेको बताउनु भयो । उहाले संघिय सरकारको निर्देशन अनुसार सम्पत्ति कर लागू गरेको बताउदै अाफुहरु जनता प्रति पुर्ण रुपमा उत्तर दायि रहेको बताउनु भयो । उहाले नमुना सम्बृद्द नगरपालिका बनाउने माहान अभियानमा लाग्न सबै नगरबासीलाई अाग्रह गर्दै जनमुखि काम अाफुहरुको पहिलो प्राथमिकता रहेको जिकिर गर्नु भयो ।
नगरपालिका हराभरा भष्टचार मुक्त बनाउने अभियानमा सबैको सहयोग रहेको बताउदै एक बर्षे कार्यकाल पुर्ण रुपमा सफल रहेको अाफुहरुले अनुभूति गरेको बताउनु भयो । बजारका बाटाहरु पिच भएको ठाउँमा भ्यु टाबरहरु निर्माण भएको अर्घाभगबति मन्दिर जाने बाटो देखि राजुपानीमा एतिहासिक पोखरी निर्माण डम्पिङ साईट निर्माण शान्ति बगैचा अाधुनिकरण ठाउँमा पार्क निर्माण बाटोहरुको स्तर उन्नति लगाएतका सयौ कामहरु गरिएको उहाले बताउनु भयो । नगरको बिकासमा अाफुहरु बिशुद्द लागिपरेकाले सहयोग गर्न अाग्रह गर्नु भयो ।