उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा लैजाने तयारी भइरहेको छ ।
घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाएपछि प्रहरीलाई खबर गरेका थिए । झासँगै उक्त घरमा श्रीमती तथा कामदार बस्ने गरेका थिए ।
उनको टाउकोमा छुरा प्रहार भएको चोट देखिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।
उनी विश्व सम्बन्ध परिषद्को अध्यक्ष समेत रहेर काम गरेका थिए । इमेज खबरमा समाचार छ ।