अर्घाखाँचीभर भोली सुनचाँदी पसलहरु बन्द हुने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नेपाल सुनचादी ब्यबसायी संघ अर्घाखाँची शाखाले नेपाल राष्ट्र कैकले उपलब्ध गराउदै अाएको कोटाको सुन अत्यन्तै न्यून भएको हाल दिदै अाएको कोटासमेत कटौती गरेको भन्दै सुनचादी ब्यबसायी संघ अर्घाखाँची शाखाले एक दिनका लागि जिल्ला भरका सुनचाँदी पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
अर्घाखाँची सुनचाँदी ब्यबसायी समितिका अध्यक्ष कृस्न बहादुर बिश्वकर्माको अध्यक्षतामा सन्धिखर्कमा बसेको बैठकले सुनको अापुर्ति सहज बनाउन अाग्रह गर्दै ब्यबसायीहरुलाई कठिन हुने तर सुन नपाउदा सिजनको बेलामा ब्यबसायीहरु धरासाहि हुने अबस्था अाएको भन्दै बिरोध स्वरुप भदौ ७ गते जिल्ला भरका सुन पसलहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । अाफुहरुका माग सम्बन्धि निकाएले पूरा नगरे चरण बद्द रुपमा अान्दोलनमा उत्रने समेत चेताबनी दिएको छ ।
सुन अहिले अर्घाखाँचीमा निकै सटेज भएकोले ब्यबसाय गर्न कठिन परेको ब्यबसायीहरुले बताएका छन ।
बैठकले सुनचाँदी ब्यबसायी महासंघले उपलब्ध गराएको सुन न्यून भएको र तिजको समयमा सुनको माग चाप बढेको तर सुन नपाउदा पसल खोल्नु र नखोल्नु उस्तै रहेको भन्दै ब्यबसायीहरुको पक्षमा काम गर्न महासघलाई अाग्रह गरेको छ ।