युवा ब्यबसायी बसन्त भुसाल
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा जन्मनु भएका हाल सन्धिखर्क वार्ड नम्बर १ मा बसोबास गर्दै अाउनु भएका बसन्त भुसाल अहिले युवा ब्यबसायीको रुपमा परिचित हुनु भएको छ ।
सानै उमेरदेखि निकै मिहिनेती अनुसासित सालिन भद्द स्वभावका वसन्त भुसाल अहिले देश बिदेशमा हुने बिकास निर्माणको अबलोकन गर्ने अर्घाखाँचीको पहिलो युवा ब्यबसायी हो ।
उहाँ युरोपका धेरै देशहरु, गल्फमा दुबई, मलेसिया, कतार, चीन, भारत लगाएतका झन्डै २ दर्जन भन्दा बढि देशहरुको भ्रमण गरि त्यहाँ भएका बिकास निर्माणको अबस्थाका बारेमा जानकारी लिनु भएका युवा ब्यबसायी भुसाल निकै सामाजिक सरल सहयोगी मनका धनिको रुपमा परिचित हुनु भएको छ ।
सन्धिखर्कको मेन चोकमा रहेको भुसाल अायल सेन्टर तथा रुपन्देहीको बासगढिमा रहेको भुसाल पेट्रोल पमको प्रोपाईटर समेत रहनु भएका सामाजिक अभियान्ता वसन्त भुसाल अर्घाखाँची नभई अहिले ५ नम्बर प्रदेशका चर्चित काम गर्न सक्ने क्षमतामान निर्माण ब्यबसायीको रुपमा चर्चित समेत छन ।
बसन्त भुसालले गरेको काम भरपर्दाे गुणस्तरीय बलियो राम्रो हुने भएका कारण पनि अहिले सम्म वसन्त सफल व्यापारीको रुपमा परिचित भएको एक प्राबिधिकले बताउछन् ।
भुसालले अहिले पनि धेरै बाटाहरुको काम, बिल्डिङहरु निर्माणको जिम्मेवारी लिएका छन । युवा ब्यबसायी भुसाल भन्नुहुन्छ अब मागेर होइन पौरख गरेर खाने दिन अाएका छन् त्यसैले सबैले काम गर्ने कुराभन्दा धेरै काम गर्नु पर्ने युवा ब्यबसायी भुसालको भनाई छ ।
हेबिईक्युमेन्ट ब्यबसायी समितिको केन्द्रीय बरिस्ठ उपाध्यक्ष समेत रहनु भएका युवा ब्यबसायी भुसाल नेपालका करिब झन्डै ७७ जिल्लाको भ्रमण गरि सक्नु भएको छ । उहाबाट युवाहरुले पाठ सिक्नु पर्ने यहाँका स्थानिय अगुवा जेष्ठ नागरिकहरुको भनाइ छ ।