चुत्राबेशीमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३४ औं शाखा शुरु

श्याम घिमिरे 
चुत्राबेशी, अर्घाखाँची भाद्र ६ । अर्घाखाँची जिल्लाको सन्धिखर्क २ चुत्राबेशीमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३४ औं शाखा एक कार्यक्रमका बिच बुधबार उद्घाटन भएको छ । 
उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा रिवन काटी शाखाको उद्घाटन गर्नुभएको हो । बैंकमा हाल १ अर्व ३८ करोड पँुजी, १५ अर्व निक्षेप र १३ अर्व कर्जा लगानी रहेको कार्यकारी अधिकृत प्रकाश पौडेले जानकारी दिनुभयो ।
जिल्लामा ४ शाखा स्थापना गरेको बैंकले निजि क्षेत्रको रूपमा अर्घाखाँचीमा पहिलो पटक सेवा विस्तार गरेको थियो । स्थापना भएको १० वर्षमा ख वर्गमा रहि क्षेत्रिय स्तरको सबै भन्दा ठुलो बैंक रहेको पौडेलको भनाई समेत रहेको छ । 
यसैबिच बुधबारबाटै बैंकमा सबै कारोवार सुचारू भएको शाखा प्रवन्धक अन्जलि केसीले बताउनुभयो ।