नेपाल कम्युुनिष्ट पार्टी अर्घाखाँचीको भुमिकास्थानमा कोणसभा, ४ महिने संगठन सुदृढ तथा विस्तार अभियानको शुरु

श्याम घिमिरे 
भुमिकास्थान, अर्घाखाँची भाद्र ७   । नेपाल कम्युुनिष्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले  बिहिबार भुमिकास्थान नगरपालिकामा कोणसभा गरी ४ महिने संगठन सुदृढ तथा विस्तार अभियानको सुरुवात गरेको छ । 
कार्यक्रम  नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका इन्चार्ज तथा व्युरो सदस्य कमल के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि केसी ले नेपालमा ससदीय व्यबस्था हुने खाने र दलाल पुँजीपति कमिशनखोरका लागि भएकोले यसले नेपाली जनतालाई निकास दिन नसक्ने भन्दै आफुहरुले चुनाबको खारेजी गरेको बताउनुभयो । केसीले देशमा भ्रष्टचार महंङ्गी बलात्कारका घटना दिनप्रति दिन बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नुपर्छ भन्दा आफ्ना नेता कार्यकर्तालाई अपहरण शैलीमा गिरफ्तार गरि झुटा मुद्धा लगाउने गरेको बताउनुभयो ।
१७ हजारको बलिदानबाट आएको लोकतन्त्रको धज्जी उडाउदै नेपाली जनतामाथि अधिनायकबाद लाद्न खोजेको कम्युनिष्टको सरकार भन्न पनि लाज लाग्ने गरेको बताउदै जनताले राणा शासन र पञ्चायत फाले जस्तै अब प्रचण्ड र केपी सरकारलाई पनि छिटै फाल्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सेक्रेटरी खेम घर्ती, जिल्ला जनसकार प्रमुख पिताम्वर पोख्रेल , राष्ट्रिय युवा जनस्वयम सेबकका संयोजक शंकर शाही लगायतका बक्त्ताले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम विद्यार्थी नेता विष्णु राउतको सञ्चालनमा सम्पन्न भएको हो ।
Screenshot_2018-08-23-19-47-14-897_com.facebook.katana.png