भुसालले नेतृत्व सम्हाल्ने भएपछि नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुकको भिड

शोभाखर पन्थी
अर्घाखाँची भाद्र ७ ।  नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुकको भिड लाग्ने गरेको छ । पार्टीका त्यागी र इमान्दार नेता  पिताम्वर भुसालले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)अर्घाखाँचीको नेतृत्व सम्हाल्ने भएपछि नेता-कार्यकर्ताहरुमा खुसियाली छाएको हो । 
कार्यदलले बौद्धिक र  निष्ठावान नेताको रुपमा जिल्लामा स्थापित भुसालको नाम सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको छ । उनले नेकपाको नेतृत्व गर्ने भएपछि पार्टीको तल्लो तह सम्मका कार्यकर्ता निक्कै उत्साही भएका छन् । भेटेरै बधाइ दिन कार्यकर्ता गाउँ÷गाउँबाट सन्धिखर्कमा रहेको पार्टी कार्यालय आउन थालेका छन् । प्रदेश स्तरीय कार्यदलले सर्वसम्मतले अध्यक्षका लागि उनको नाम केन्द्रमा पठाएपछि सामाजिक सञ्जालमा बधाई दिनेहरु दिनप्रतिदिन बढिरहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट समाज शास्त्रमा स्नातकोत्तर गरेका भुसालको आगमनले पार्टी बौद्धिक दिशामा अग्रसर हुने अधिकांशको बुझाई छ । 
२०५४ साल देखि निरन्तर जिल्ला कमिटीमा रहेर नेतृत्वदायी भुमिका खेलेका भुसालले पार्टी संगठन निर्माणमा ठूलो योगदान पु¥याएको नेकपाका नेता, कार्यकर्ता बताउँछन् । उनले तत्कालिन नेकपा एमालेजिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको रुपमा रहि लामो समय देखि प्रभावकारी रुपमा कामगरेको कार्यकर्ताको भनाई छ । 
०५४ सालमा २५ वर्षको उमेरमा तत्कालिन बाँगी गा.वि.स.को निर्वाचित अध्यक्ष बनेका भुसालले त्यहाँको बिकास र जनसेबामा पु¥याएको योगदान निक्कै प्रसंसा योग्य छ । सन्धिखर्क अल्गाटारी हंसपुर गोखुङ्गा मोटरबाटो निर्माण,शान्ति उच्च मा.बि.स्थापना लगायत बाँगी र आसपासका गा.बि.स.को बिकासमा उनले प्रभाबकारी भुमिका खेलेका थिए । भुसाल लाई स्थानीय बासीन्दाले निक्कै सरल,मिलनसार र दुरदृष्टि भएको नेताको रुपमा हेर्ने गर्छन् । 
भुसाल सँगै कामगरेका बिपक्षी दलका नेताकार्यकर्ता हरुले समेत उनको निक्कै प्रसंसा गरेको पाईन्छ । उनीहरु सबैको एउटै स्वर थियो पिताम्बर जी जस्तो सवैलाई समेटेर लैजाने क्षमतावान,बिकास प्रेमी दुरदर्शी नेता बिरलै पाईन्छ । त्यहाँका जनताले ससानो कामको लागि पनि निरन्तर रुपमा उनलाई फोन गर्ने गर्छन् । उनी त्यहाँका गरिब तथा बिपन्न जनताको निक्कै नजिकको साथि बनेका छन् । उनी अध्यक्ष बनेपछि बाँगी रआसपासको क्षेत्रको विकासले गति लिएको थियो ।
कक्षा ८ मा पढ्दै गर्दा बिद्यार्थी राजनीतिमा प्रवेश गरेका भुसाल२०४७ सालमा बाँगी एमालेको संस्थापक प्रमुख, इलाका सदस्य, उपसचिव हुँदै इलाका प्रमुख बनेका थिए । उनकै कार्यकुसलताका कारण उनले नेतृत्व गरेको इलाकामा भएका सबै निर्वाचनमा नेकपा एमालेले कहिल्यै पराजित हुनुनपरेको स्थानीय नेताहरुको भनाई छ । उनीहरुले सैद्धान्तीक निखारता भएका सादगी र सालिन नेता भुसाल बाट आफुहरुले धेरै कुरा सिक्न पाएको बताउँछन् ।भुसालले एक कार्यकाल एमाले क्षेत्र नं.१ क्षेत्रीय  कमिटीको अध्यक्षको जिम्मेवारी समेत बहन गरेका थिए । त्यो समयमा त्यस क्षेत्रमा एमालेको संगठन निक्कै राम्रो बनेको कार्यकर्ताको भनाई छ । जिल्ला कमिटीमा रहँदा उनले बिभिन्न बिभाग र जनबर्गिय संगठनको इन्चार्ज बनी सँगठन लाई गतिसिल समेत बनाएका थिए ।भुसालले राजनीति बाहेक अहिले सम्म कुनै पनि पेशा व्यवसाय अंगालेका छैनन् ।उनी बिहान देखि साँझ सम्म निरन्तर पार्टीकाम र जनसेवामा खटीनै रहन्छन् तर उनले पार्टी बाट हाल सम्म एक रुपैयाँ नलिएको नेताहरुको भनाई छ । 
उनीसँगै राजनिति गरेका तथा गा.वि.स.अध्यक्ष भएका तत्कालिन जनप्रतिनिधिहरु अहिलेका जिल्लाका ठूला ठेकेदारका रुपमा गनिन्छन् । अधिकांशले प्रशस्तै धन सम्पत्ति आर्जन समेत गरेका छन् । तर उनले त्यो बाटो कहिल्यै रोजेनन् । उनी धन सम्पत्ति आर्जन गर्ने भन्दा राजनीति र समाज सेवा मार्फत जनताको जिबनस्तर माथी उठाउन निरन्तर लागि नै रहे । बरु यस अबधिमा उनले धेरै दुःख,कष्ट र बेदना भोग्नु प¥यो तर कार्यकर्ता र जनता बीच सदैब खुसी र प्रसन्न मुद्रामै उनी निरन्तर काममा खटीनै रहे । अरुको दुःखलाई आफ्नै दुःख सम्झने भुसाल अत्यन्तै सहयोगी स्वभावका छन् । 
भुसालले महत्वपूर्ण समयमा जिल्लाको सबैभन्दा ठुलोदलको नेतृत्व गर्न लाग्दा सबै वर्ग र क्षेत्रका कार्यकर्ता निक्कै हौसिएका छन् । उनी युवा, विद्यार्थी, महिला, वृद्धवृद्धा सबैको मन जित्न सफल नेता हुन् । दुई पार्टीको एकता पछि बनेको विशाल पार्टीलाई गति दिन आफू दिन रात नभनी काममा लाग्ने भुसालको भनाई छ ।‘नेता कार्यकर्ताको विश्वास र भरोसालाई म निराशामा परिणत हुन दिँदैन’ उनले भने, ‘सबैको भावना समेट्दै, सबैलाई सँगै लिएर संगठन निर्माण र पार्टी काममा लाग्छु ।’
राजनिती हुनेखाने,टाठाबाठा र छट्टुहरुले गर्ने खेलहो भन्ने पछिल्लो मान्यता लाई सालिन,त्यागि र ईमान्दार नेता भुसालको अध्यक्ष पदका लागि भएको सिफारिसले गतिलो झापट दिएको छ । नेपाली कांग्रेस,राजमो लगायतका जिल्लामा क्रियासिल राजनितिक दलका नेताहरुले समेत उहाँको सिफारिस लाई निक्कै सकारात्मक रुपमा लिएका छन् ।