८ भदौ, २०७५
सागर परियार
सन्धिखर्क अर्घाखाँची ८ भदौ, २०७५ । सामाजिक परीक्षण प्रतिबेदनको सुझाव कागजमा मात्रै सिमित हुने गरेको नागरीक समाज संस्थाले निष्कर्ष निकालेका छन् ।
स्वास्थ्य संस्थाले प्रत्येक वर्ष सामाजिक परीक्षण गर्ने गरेको भएपनि सुधार गर्नुपर्ने पक्षलाई भने वेवास्था गर्ने गरेको भन्दै जिल्लामा रहेका नागरिक समाज संस्थाले सन्धिखर्क नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलयमा ध्यानाकर्ष पत्र बुझाइएको छ । पारष्परिक जवाफदेहिता परियोजना तथा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची अन्र्तगत गठित सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीले संयुक्त रुपमा ध्यानाकर्ष पत्र बुझाएका हुन ।
स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्य कर्मीहरुमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण प्रति अपनत्व बढाउँदै प्राप्त सुझाव तथा कार्ययोजना प्राथमिकताका साथ कार्यन्वयन गर्नुपर्ने, स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा कर्मीचारीबीच समन्वय नमिल्दा सेवा प्रबाह (कार्यन्वयन) प्रभावकारी नभएकोले समन्वयकारी भुमिकालाई बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै ध्यानाकर्षण गराएका हुन ।
स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने औषधी समयमै खरिद नगर्दा विरामी मर्कामा परेको हुँदा जिल्ला स्वास्थ्य, नगरपालिका, गाउँपालिका र वडा कार्यालयले पनि समयमै औषधी खरिद गर्नुपर्ने, स्वास्थ्य संस्थामा गुनासो पेटिका तथा नोटिस बोर्ड नै नहुँदा गुनासो व्यवस्थापन प्रणालीको अभाव भएकोले तत्काल सबै स्वास्थ्य संस्थामा राख्नका लागि परिपत्र गर्नुपर्ने पनि नागरिक समाज संस्थाद्धारा जारी गरिएको संयुत्त ध्यानकर्षण पत्रमा उल्लेख छ ।
स्वास्थ्य संस्थामा शौचालय तथा पानीको व्यवस्था उचित रुपमा नहुँदा स्वास्थ्य संस्था जस्तो संबेदनशील क्षेत्र संक्रमणको ठाउँ बन्ने जोखिम रहेकोले तत्काल पानी तथा शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य संस्थालाई वाल, बृद्ध तथा अपांग मैत्री स्वास्थ्य संस्था निर्माणमा गर्नुपर्ने बिषयमा सरोकारवाला निकायको ध्यानकर्षण गराइएको सञ्जालका संयोजक फर्सुराम पाण्डेले जानकारी दिनुभयो ।
सञ्जालले स्वास्थ्य संस्थाले दैनिक बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म बिरामी जाँच र ३ बजे देखि ५ बजेसम्म प्रशासनीक काम गर्नुपर्ने मन्त्रालयको परिपत्र भएपनि दिउसो १ बजेदेखि २ बजे भित्र नै स्वास्थ्य संस्था बन्द भएकाले तत्काल मन्त्रालयको परिपत्र बमोजिम गर्न सबै पालिका तथा स्वास्थ्य चौकीहरुमा परिपत्र गर्नुपर्ने विषयमा सचेत गराइएको संस्थाका अध्यक्ष हृदयकुमार भुसालको भनाई छ ।