अर्घाखाँचीका राजेश रानाको भारतको पंजाबमा सडक दुर्घटनामा परि मृत्यु

अर्घाखाँची डट्कम संवाददाता

भारत, (अर्घाखाँची डट्कम )अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिका वार्ड नम्बर ६ पंजिनखोला बाट रोजगारीको शिलशिलामा भारतको पञ्जावमा आएका युवकको सडक दुर्घटनामा मृत्यु भएको छ ।

पंजिनखोलाका लाल बहादुर राना मगरका ३५ बर्षिय छोरा राजेश रानाको आइतबार आफ्नो डियुटी सकि रुममा जाने क्रममा स्कुटी अनियंत्रित भई विपरित दिशाबाट आएको ट्रक संग ठोकिदा गम्भीर घाईते रानाको अस्पतालमा मृत्यु भएको हो ।

घाइते अवस्थामा दुर्घटना स्थल बाट उपचारका लागी नजिकै रहेको अस्पताल पुर्याइएको थियो तर अस्पताल पुर्‍याएको केहि समयमै उनको मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन ।

मृतक रानाको श्रीमती २ वर्षीय छोरा र आमा बाबु रहेका छन भने उनको पञ्जाव स्थित एक शमसान घाटम अन्त्यष्टि गरिएको छ ।