सुरज घिमिरे
सन्धिखर्क, अर्घाखाँची भदौ १५, २०७५ । विभिन्न महत्वपुर्ण निर्णय गर्दै नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिका बरिस्ठ उपाध्यक्ष अच्युत पन्थिको अध्यक्षता र नेपाल ट्रेड युनियन कांग्रस पाच नम्वर . प्रदेश सचिव नन्दराम भट्टराईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले ट्रेड युनियन कांग्रेस संग आबद्ध सबै संघ , संगठनहरुलाइ सदस्यता विस्तार गरि ट्रेड युनियन अधिकारको अबस्था बुझ्ने निर्णय गरेको छ ।