सन्धिखर्क – १० का वार्ड अध्यक्ष भेषराज क्षेत्री एकीकृत करको बारेमा जानकारी गराउन टोल-टोलमा

(२०७५ भाद्र १५, शुक्रवार)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची  (२०७५ भाद्र १५, शुक्रवार) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० का कार्यबाहक वार्ड अध्यक्ष भेषराज क्षेत्रीले टोल-टोलमा पुगेर करको बारेमा जानकारी दिदै फारम भोर्दै हिंडेका छन् । 
अध्यक्ष भेषराज क्षेत्रीले स्थानियबासीलाई एकीकृत करको बारेमा जानकारी गराउदै फारम भोर्दै हिंडेका हुन् । अध्यक्ष खत्रीका सचिव अरुण कुमार आचार्य पनि हिंडेका छन् ।
पालिकाले लगाएको करको दर र दायराको विषयमा प्रतिक्रिया लिन र सिकाउन सोही अनुसार सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष टोल – टोलमा पुगेका छन् ।