मालारानीको भन्डारमा सुनौलो हजार दिन भित्र पर्ने बच्चाका आमा पोसिलो खाना बनाउने तालिम

सागर महत
भन्डार, अर्घाखाँची  भदौ १५ ।  सुआहाराको आयोजनामा मालारानी गाँउपालिका वार्ड नम्वर ५ भन्डारमा सुनौलो हजार दिन भित्र पर्ने बच्चाका आमा पोसिलो खाना बनाउने तालिम सम्पन्न भएको छ । 
किशोर किशोरी तथा  दुई बर्ष  मुनिका   बच्चा र बच्चाका  आमाको  पोषण अवस्थामा सुधार ल्याउने उदेश्यले सहभागीलाइ कार्यक्रम स्थलमै पोसिलो खाना बनाएर  तालिम प्रदान गरिएको हो । 
कार्यक्रम मा स्थानीय बुद्धि जिवी,  दुई बर्ष भन्दा मुनिका बच्चाका आमा ,महिला स्वस्थ्य स्वयं सेविकाको सहभागीता रहेको थियो । 
पोसिलो खानाको महत्वका बारेमा फिल्ड सुपरभाइजर  चन्द्र पाण्डेले प्रशिक्षण दिनु भएको थियो । कुपोषण हटाउन सुआहारा कार्यक्रम स्थानीय स्तरमा प्रभावकारी भएको सहभागीहरुले बताएका छन ।