सुपादेउरालीमा आएका दुई समूहबीच नरपानीमा दोहोरो भिडन्त, स्थिति प्रहरी नियन्त्रणमा
भाद्र १६ गते, २०७५ मा प्रकाशित
नरपानीमा आज दिउँसो दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि प्रयास गरे पनि नियन्त्रण लिन सकेको थिएन् ।दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमाअहिले उपचार भइरहेको छ । प्रहरी निरीक्षकको टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेतापनि दुई घण्टादेखि भिडन्त जारी रहेको र नियन्त्रणबाहिर भएको बुझीयको छ । स्थानीय चन्द्रप्रकाश महतराले दिएको जानकारी अनुसार दुई पक्षबीच भएको भिडन्तले सुपादेउराली तनावग्रस्त भएको छ नरपानीमा कपिलवस्तुको ४ नम्बरबाट पिकनिक खानाआएको टोली र सन्धिखर्कबाट पिकनिक खानाआएको टोलीबीच सामान्य विषयमा झगडा शुरु भएको थियो । हजारौ मानिस जम्मा भएका थिए भने सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।
अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पवित्र तीर्थस्थल सुपादेउरालीमा आएका दुई समूहबीच नरपानीमा दोहोरो भिडन्त भएको छ । कपिलवस्तुका युवाहरु र सन्धिखर्कका युवाहरु बीचको दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टापछि स्थिति नियन्त्रणमा ल्याएको छ । झडपमा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोहोरो भिडन्तमा परी ४ जना घाईते भएका छन् । २ जना सामान्य घाइते भएका छन् भने अन्य घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । घाइते दुईजना सन्धिखर्क पक्षका भएको बताइएको छ । प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले दुई घण्टापछि स्थिति नियन्त्रणमा लिएको थियो । दुई पक्षबीच भएको भिडन्तले सुपादेउराली साँझपख तनावग्रस्त भएको थियो । सन्धिखर्कबाट प्रहरी निरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीलाई करीव साढे २ घण्टासम्म हम्मेहम्मे परेको थियो ।
प्रहरीका अनुसार मदिराले मत्तिएका दुवै पक्षबीच पानीकै विषयमा दिउँसो सामान्य भनाभन भएको थियो । त्यसपछि झडप भएको हो । दुई घण्टापछि प्रहरीले भीड नियन्त्रण गरेको हो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र प्रहरी नायव उपरीक्षक नवराज मल्लसहितको सुरक्षाकर्मीले भीड नियन्त्रण गरेको हो । स्पोर्टसमा नजिकै दुवै समूहले प्रसाद ग्रहण गरिरहेका थिए, मदिराले मत्तिएपछि एकले अर्कोको भान्सामा पानी फालाफाल भएपछि भडप भएको मल्लले बताए ।झडपमा संलग्न रहेका चार नम्बरबाट आएका १४ जनालाई नियन्त्रणमा लिएको उनले बताए । दुवै पक्षबीच छलफल गरेर विवाद मिलाइने मल्लले बताए ।
नरपानीमा कपिलवस्तुको ४ नम्बरबाट पिकनिक आएको टोली र सन्धिखर्कबाट आएको टोलीबीच सामान्य विषयमा झगडा शुरु भएको थियो । झगडा बढ्दै गएर दुई पक्षबीच दोहोरो भिडन्तसम्ममा पुगेको थियो । कपिलवस्तुको ४ नम्बरबाट गएको टोलीका आक्रमणकारीहरुलाई पक्राउ गरिसकेको बताइएको छ ।
स्थानीयवासी चन्द्रप्रकाश महतराले दिएको जानकारीअनुसार कपिलवस्तु जिल्लाको ४ नम्बरबाट एक बसभरि पिकनिक खान गएको समूह र अर्घाखाँचीकै सन्धिखर्कबाट पिकनिक खान गएको समूहबीच भिडन्त भएको हो । कपिलवस्तु ४ नम्बरबाट गएको टोलीका एक व्यक्तिले निहुँ खोजेर अनायासै आक्रमण गरेपछि दोहोरो भिडन्त शुरु भएको खनालले बताए ।