अर्घामाको अर्घारजस्थल मा.वि. अखिल छैठौं अर्घाखाँचीको सचेतना अभियान कार्यक्रम सम्पन्न

गोपाल भट्टराई
अर्घा, अर्घाखाँची भाद्र १५ । सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले आज अर्घारजस्थल मा.वि.सन्धिखर्क ९ अर्घामा कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले समाजमा घटिरहेका बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक कु प्रथा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीले घर–घरमा सचेतना गराउनुपर्नेमा जोड दिनुभएको छ ।
आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको छैठौले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधि साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो ।विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले लक्ष्मण बि.सी.को अध्यक्षतामा ९१ सदस्यिय अखिल छैठौं अर्घा रजस्थल मा.वि.मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा मनिष खनाल,सचिव कविता खत्री,सह–सचिव बिक्सान खत्री र कोषाध्यक्षमा रबिन परियार निर्बाचित हुनुभएको छ भने मनिषा थापा,सम्झना श्रेष्ठ,बिपना खत्री,आयुष्मा खत्री र निराजन पौडेल सचिवालय सदस्यमा चयन हुनुभएको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।