डिभर्नाको बस्यालटोलामा बेवारिसे शव फेला

प्रेम खड्का 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२  डिभर्नाको बस्यालटोलामा बेवारिसे शव फेला परेको छ । 
चिलिया थुम, सल्लिकोट स्थित बस्यालटोला नजिकको जंगल खाल्डोमा परिचय नखुलेको बेवारिसे शव फेला परेको छ । परिचय नखुलेको उक्त मानिसको घाटीमा डोरी र खुट्टामा चोट लागेको छ । साथै शवमा किरा परेका छन् । 
स्थानियबासीले बेवारिसे शव देखेपछि प्रहरीलाई फोन गरेका थिए । प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।  साथै वार्ड अध्यक्ष नारायण खड्का पनि उक्त ठाउँमा पुगेका छन् । खड्काको युवा टिमले सहयोग गरेको छ ।  
शव अन्दाजी ३०, ३५ वर्षको जस्तो देखिन्छ । साथै प्रहरीले घटनाको मुचुल्का उठाएर शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल अर्घाखाँची लगेको छ । 
यस्तै घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।