अर्घाखाँचीका राम प्रसाद भुसालको कतारमा सडक दुर्घटनामा परि मृत्यु


अर्घाखाँचीडट्कम संवाददाता 
दोहा ( अर्घाखाँचीडट्कम) । रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँचीका एक जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका वार्ड नम्बर ८, साविक नुवाकोट ३ भुसालटोला ताराखसेका  ४१ वर्षिय राम प्रसाद भुसालको कतारको दोहामा सडक पार गर्ने क्रममा गत २०७५ भाद्र १६, शनिवार गाडीको ठक्करबाट मृत्‍यु भएको छ ।
कतारमा रहेका मुमा राम गैरेले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार दोहाको अबुहामोडमा शनिबार साँझ ८:३० बजे तिर तरकारी लिनजाने क्रममा रेड लाइट पार गर्दा कारले हानेको थियो । राम प्रसादसँग झापाका अर्कासँगै  बस्ने नेपाली गएका थिए ।  गाडीले ठक्कर दिदा उनको घटनास्थलमा निधन भएको थियो । उनको शब अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ ।  
उता दोहामा रहेका आफन्त, अर्घाखाँची सेवा समाज कतार, जिल्लाबासीहरुले नेपालमा परिवारलाई घटनाको बारेमा जानकारी गराईसकेका छन् । उनको परिवारमा श्रीमती पार्वता भुसाल र एक छोरा, एक छोरी छन् ।
राम प्रसाद कतारमा बस्न थालेको  ४,५ वर्ष भएको थियो । तर उनी ६ महिना अगाडि बाबु बितेर नेपाल गएका थिए । 
कम्पनीले सम्पुर्ण कागजी प्रक्रिया पुरा गरि शवलाई एक हप्तामा नेपाल पठाउन जिल्लाबासीहरुले अन्तिम तयारी गरिरहेका छन् ।