गोपाल भट्टराई
सन्धिखर्क, अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले मुलुकमा भइरहेको कर बृद्धिको प्रमुख कारण संघियता भएको बताउनुभएको छ ।
संघिय ब्यबस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानिय तहको बजेट कटौती गरेकै कारण कर बृद्धि भएको उहांको भनाइ रहेको छ ।
अगुवा कार्यकर्ता भेटघाटको शिलशिलामा अर्घाखाँची आउनुभएका महामन्त्री सिंहले सन्धिखर्कमा प्रशिक्षण दिंदै यस्तो बताउनुभएको हो ।
स्थानिय तहले कर बृद्धि गर्नु,प्रदेश सरकारले बजेटको अभावमा कुनैपनि काम योजना अगाडि बढाउन नसक्नु नै जर्बजस्त लादिएको संघियता असफल भएको उहांको भनाइ छ ।
देशभित्रका दक्षिणपन्थी,मधेसवादी तथा राजावादीहरुले संविधान असफल पार्ने खेल खेलिरहेको दाबी गर्दै महामन्त्री सिंहले यसबाट बच्नको निम्ती संविधानमा उल्लेखित संघियता खारेज गरि अगाडि बढ्नुको बिकल्प नभएको उहांको भनाइ रहेको छ ।