पाणिनि गाउँपालिकाको तीज गित प्रतियोगीता सम्पन्न

माधव बेल्बासे

दुर्गाफाट अर्घाखाँची , (अर्घाखाँची डट्कम) अर्घाखाँचीको जिल्ला पाणिनि गाँउ पालिकाको आयोजनामा पालिका स्तरिय तीज गित तथा नृत्य प्रतियोगिता आज दुर्गाफाटमा सम्पन्न भएको छ ।

मेरो कल्पनाको पाणिनि शिर्षकमा पाणिनि गाँउपालिकाका ८ वटा वडाले सहभागीता जनाएको प्रतियोगीतामा पाणिनि ४ र ८ प्रथम, पाणिनि ३ द्धितीय र पाणिनि ७ तृतीय भएका छन । उत्कृष्ट परिकल्पनाकारको पुरस्कार पाणिनि १को पोल्टामा परेको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाइ २० हजार, दोस्रो हुनेलाइ १६ हजार , तृतीय हुनेलाइ १३ हजार तीन सय र उत्कृष्ट परिकल्पनाकारलाइ चार हजारमा २५% कर कट्टी गरि प्रदान गरिएको छ ।
कार्यक्रममा प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरे गाँउपालिकाका अध्यक्ष अच्युत गौतम, गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतम लगाएतले महिलाहरुलाइ लक्षित गरि तीज गित प्रतियोगिता आयोजना गरेको भन्दै शुभकामना दिएका थिए।

कार्यक्रममा पाणिनि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, नेकपाका नेता जीवनारायण कोइराला लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमको अध्यक्षता, पशुपति खनालको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।