अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची भदौ २७ । उद्योग वाणिज्य संघ अर्घाखाँचीका सदस्य, अर्घाखाँची युवा परिषद्का निवर्तमान अध्यक्ष समाजसेवी कृष्ण भुसाल भुसालले आफ्नो जन्म दिनमा गर्ने खर्च कटाइ सुस्त मनस्थिति भएका विद्याथीरुलाई मिष्ठान भोजनका लागि रकम उपलव्ध गराउनु भएको छ ।
उहाँले हरेक वर्ष सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरुलाई पाँच हजार उपलव्ध गराउनु हुने भएको छ । उहाँले भदौ २७ गते आफ्नो जन्मदिनको दिन विद्यार्थीहरुलाई मिष्ठान भोजन लगायतका स्वादिष्ट परिकार खुवाउन रकम उपलव्ध गराउने घोषण गर्नु भएको हो । उहाँले बुधबार विद्यालयको खातामा रकम राखिदिनुभएको छ ।
विद्यालयकी प्रधानध्यापक कमला भुसालले रकम उपलव्ध गराएकोमा उहाँलाई धन्यवाद दिँदै विद्यालयमा सबैको यसैगरि नजर पुग्नु पर्ने बताउनुभयो । भुसालले आफ्नी आमाको वार्षिक पुण्य तिथिका दिन गरिव परिवारका विद्यार्थीहरुलाई समेत वार्षिक ५ हजार उपलव्ध गराउँदै आउनु भएको छ ।
सन्धिखर्क ८ किमडाँडाका स्वर्गिय कृष्ण बहादुर पाण्डेका दुइ छोराहरुका लागि अध्ययनमा सहयोग पुर्याउन रकम उपलव्ध गराउँदै आउनु भएको हो ।