अर्घाखाँचीका सामुदायिक विद्यालयहरुमा हडतालका कारण पठनपाठन ठप्प, राहत काटाका शिक्षकहरुलाई स्थायी गर्न माग

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । विभिन्न मागहरु राख्दै राहत शिक्षक समितिले गरेको तिन दिने शैक्षिक हडतालका कारण अर्घाखाँचीका सामुदायिक विद्यालयहरुमा मंगलबारदेखि पठनपाठन बन्द भएको छ । 
समितिले भदौ २६ गते देखि २८ गते सम्म हडताल गर्ने जनाएको छ । राहत काटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्नु पर्ने लगायतका माग राख्दै समितिले आम शैक्षिक हडतालको आव्हान गरेको हो । 
राहत शिक्षक संघर्ष समिति अर्घाखाँचीका सचिब मणिराम आचार्यले तिन दिन सम्मको हडतालमा शैक्षिक संस्था बन्द गरेर सहयोग पु-याउन आग्रह गर्नु भएको छ । उहाँले माग पुरा नगरे आन्दोलनलाई झनै सशक्त बनाएर लैजाने बताउनु भयो ।
Image result for सामुदायिक विद्यालय arghakhanchi