अर्घाखाँची समाज जापानद्दारा सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
टोकियो, जापान ।  अर्घाखाँची समाज जापानले जिल्लाका विशिष्ट व्यक्तिहरुलाई जापानको टोकियोमा  सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  
अर्घाखाँची समाज जापानले एक कार्यक्रमबीच ज़िल्लाका विशिष्ट व्यक्तिहरू सर्वोच्च अदालतका उप-सचिव अशोक क्षेत्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिव लक्ष्मी पौड़ेल, नेपाल सरकारका शाखा अधिकृत रामाराम दाहाल र लोक गायिका सम्झना लामिछानेलाई सम्मान गरेको हो । 
साथै उक्त कार्यक्रममा बोल्दै समाजका अध्यक्ष नेत्र विष्टले देश र जनताको पक्षमा जापानमा सिकेको ज्ञानको सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा समाजका उपाध्यक्षद्वय आर्यन टण्डन र कृष्ण केसीले खादा ओडाएर सम्मान गरेका थिए । 
कार्यक्रम अध्यक्ष विष्टको अध्यक्षतामा,  उपाध्यक्ष दीपक थापाको  स्वागत र समाजका महासचिव बाबुराम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।