सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले शिक्षा स्वाथ्य सोरोजगार युवाहरुको क्षमता बृर्दि बिना बिकासले दुर्तगति लिन नसक्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ को अर्घा मैदानमा अायोजित बृहत सास्कृतिक कार्यक्रम तथा तिजगित प्रतियोगिताको उदघाटन गर्दै नगरप्रमुख भुसालले अाफुले चुनाबमा बोलेका कुराहरु गरेर देखाउने बताउदै अर्घाभगबति मन्दिरलाई एतिहासिक बिकासका लागि अाफुहरु लागि परेको बताउनु भयो ।
भुसालले केबुलकारको सर्भे सकिएको र डिटेल स्टमेट गर्नका लागि प्राबिधिकहरुलाई जिम्मेवारी दिएको बताउदै सुपादेउराली अाएका भक्तजनहरुलाई अर्घा भगवती मन्दिर ल्याउने गरि बिकासका कामहरु अगाडि बढेको बताउनु भयो । उहाले स्थानिय स्तरमा पाईने जडिबुडिलाई सहि ढगले प्रयोग गर्ने बताउदै लोपहुन लागेको टपरी उधोग सन्चालन गर्रि महिलाहरुलाई रोजगारी दिन नगरपालिकाले मेसिन किनेर काम अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै नगर उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिका भित्र बिकासको मोडल अाफुहरुको पलानिङ अनुसार अगाडि बढेको बताउनु भयो । उहाले अाफुहरुले चुनाब जितेपछि जनतासँग गरेको बाचा पूरा गर्ने बताउदै जनताको मतको अाफुहरुले ठूलो सम्मान गरेको बताउदै हराभरा सच्छ ग्रिन सिटिको रुपमा नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका बनाउने अभियानमा सहयोग गर्न नगरबासिलाई अाग्रह गर्नु भयो ।
बिकले सानातिना बिबादित कुराहरु कसैले गरेर बिकास नरोकिने बताउदै अर्घा भगवती मन्दिरको सरक्षण अाफुहरुको पहलमा अगाडि बढेको बताउनु भयो । उहाले भगवती मन्दिर जानका लागि सिडि निर्माण गरिसकेको बताउदै अागामि बर्ष पनि २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र शिक्षा स्वास्थ्य बाटो खानेपानि सिचाइको कुनै कमिहुन नदिने र अागामि अर्घा पुणिमा मेला ब्यबस्थित गराउन अाफुहरुले नया योजना का साथ अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा वार्ड नम्बर ९ का अध्यक्ष देब बहादुर रायमाझी लगाएतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा युवा समाजसेवी नेपाली काङ्ग्रेस का युवा नेता बाबुराम भुसाल युवा ब्यबसायी राजेन्द्र जिसी योगेन्द्र चौहान पत्रकार महासका सचिब सुर्य प्रसाद भुसाल युवराज थापा ज्ञानहरि पराजुली लगाएतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम द रेम्बो युवा क्लबका अध्यक्ष बलबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।