प्रेम खड्का
सन्धिखर्क (अर्घाखाँची डट्कम) जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आफ्नो कार्यलय वरपर रहेको वाउण्ड्रीमा रहेको झाडीहरु फडानी र टुडिखेलमा रहेको फोहोरलाई सरसफाइ गरेको छ ।
कार्यलयका डिएसपी नमराज मल्ल को नेतृत्वमा ३० जना जवानहरुले टुडिखेलमा रहेका स-साना ढुङ्गा र फोहोरलाई व्यवस्थित गरेको हो ।
टुडिखेलमा खेल्न र घुम्न आउने सर्वसाधारणलाई त्यहाँ भएका गिटि ढुङ्गाले गर्दा खेल खेल्दा चोटपटक लाग्ने र फोहोरले गर्दा दुर्गन्धित हुने हुदा सफाईमा लागिएको डिएसपी मल्लले बताए , आफ्नो ठाउँ आफै बनाउ स्वच्छ सुन्दर बनाएर राखेमा विभिन्न प्रकारका रोगहरु लाग्न बाट बच्न सकिने डा. हरुले बताउने गर्छन ।
आफ्नो घर,गोठ,स्कुल,पाटी पौवा नजिकैका झाडीहरु कटानी छटानि गरेमा छर्लङ्ग देखिने र चितुवा,भालु जस्ता बन्य जन्तु र अपराध गर्नेहरु लुकेर बस्न सक्ने हुदा झाडीले गर्दा नदेखिने भएका कारण कुनै पनि घट्ना हुन सक्ने प्रहरीले सफाई गर्न समेत आव्हान गरेको छ ।
विगतका वर्ष देखी अर्घाखाँची जिल्लामा चितुवाको आक्रमण बाट दर्जनौ बालबालिकाले ज्यान गुमाउन परेको र एउटा कारण घर गोठ आसपासमा रहेका झाडीहरु रहेको भन्दै फडानी छटानी गर्नाले त्यहा लुकेर बसेको कुनै पनि चिज भए देख्न सकिने हुदा यस्ता घट्ना हुनबाट पनि बच्न सकिने प्रहरिको ठम्याइ रहेको छ ।