प्रेमनारायण आचार्य
खांचिकोट, अर्घाखाँची २ असोज । चन्द्र प्रभा माध्यमिक विद्यालय सन्धिखर्क ७ डिहिडाँडा खांचिकोटको ६५ औ वार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ ।
६५ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाले शिक्षक र अभिभावक सबैले आफ्नो काम कर्तब्यको जिम्मेवारी पुरा गर्नु बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर विकले शिक्षाको विकास विना अन्य विकासको कुरा सम्भव नहुने भएकोले व्यवहारिक शिक्षा अहिलेको आबश्यक्ता भएको बताउनु भयो ।
कार्यक्रममा शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क ६ का वडा अध्यक्ष कृष्ण प्रसाद आचार्य, ७ कि वडा सदस्य वसन्ता केसी, शिक्षा प्रेमी गणेश बहादुर सिंह, शिक्षक कासिराज ज्ञवाली, विद्यार्थी अविन पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, चन्दादाता तथा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यबस्थापन समितका अध्यक्ष पिताम्बर भटराइको अध्यक्षता, शिक्षक दिलिप कुमार पुरीको स्वागत र तीर्थराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।