अर्घाखाँचीमा संबिधान दिबस मनाईयो

श्याम घिमिरे 
आश्विन ३ अर्घाखाँची : नेपालको संविधान जारी भएको आज तिन वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । 
यसै दिनलाई मध्यनजर गर्दे आज देशभर संबिधान दिबस मनाईएको छ । तर संविधान जारी भएकै दिनदेखि यसको कार्यान्वयन पक्षका बारेमा अनेकौं आशंका समेत गरिएको थियो । संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलले निर्धारण गरिएका काम तिन वर्ष भित्र पूरा हुन्छ कि हुँदैन भन्ने अन्यौलता रहेको थियो ।
यसैबिच  बुधबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि संबिधान दिबसको अबसरमा प्रभातफेरी तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । संबिधान दिबस जिल्ला समारोह समितिको आयोजनामा बिहान सन्धिखर्कमा बाजागाजा सहित प्रभातफरी गरी जिबिसको सभाहलमा प्रबचन कार्यक्रम तथा कबिता बाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले संबिधानको कार्यन्वयन तिब्र गतिले अगाडी बढी रहेको हुनाले यसको सफल कार्यान्बयनकोलागी सबैको सहयोग र सद्भाबको आबश्यकता रहेको बताउनु भयो ।
यसरी मनतब्य राख्नेहरुमा जिल्ला न्यायाधिस रामचन्द्र पौडेल,जिल्ला समन्वय समितिका उपप्रमुख टिका पुलामि मगर ,सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेकपाका प्रतिनिधि जिबनारायण कोईराला,नेपाली काँग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, राजमो उपाध्यक्ष गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, प्रहरी नायब उपरीक्षक नबराज मल्ल,जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिद्धिप्रसाद भुसाल लगायत रहनुभएको थियो ।
कार्यक्रममा मनतब्य राख्दै उहाँहरुले नेपालमा राजनितिक आन्दोलन पुरा भैसकेको हुनाले अबका दिन भनेका बिकास निर्माण र आर्थीक क्रान्तीको भएकोले सोही अनुसार अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा बिभिन्न महानुभाबहरुले कबिता बाचन समेत गर्नुभएको थियो । 
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता बिशेष नापी कार्यालयका प्रमुख खिमबहादुर रानाको स्वागत मनतब्य र शेषकान्त घिमिरेको सन्चालनमा सम्पन्न भएको हो । यसअघि मंगलबार  मैत्रिपुर्ण फुटबल प्रतियोगीता समेत सम्पन्न भएको थियो ।