सन्धिखर्कमा संविधान दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा संविधान दिवसको अवसरमा विरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । 
संविधान दिवसको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भएको हो । 
फलफुल वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, डिएसपी नमराज मल्ल लगायतको उपस्थिती रहेको थियो ।  
कार्यक्रममा सहभागीहरुले संविधान कार्यान्वयगरी देशलाई संवृद्धि तिर लैजानुपर्ने बताएका थिए ।