तान्जानियाको लेक भिक्टोरियामा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १२६

news
तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा १२६ पुगेको तान्जानियाका यातायातमन्त्रीले बताएका छन् ।
‘मृतकको संख्या कम्तीमा १२६ पुगेको खबर सुनाउँदा हामीलाई दुःख लागेको छ’–यातायातमन्त्री आइज्याक कामवेलेले राज्य सन्चालित टेलिभिजनलाई बताए ।
घटनाबारे थप अपडेट स्थानीय समयअनुसार शुक्रबार साँझ गरिने उनले बताए ।
अझै केही यात्री डुबेको आशंकामा उद्धारकर्मीले अनवरत् काम गरिरहेका छन् ।
‘एमभी नाइरेरे’ नामक डुंगाले कम्तीमा २०० यात्रीलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘यो डुंगाको भारबहन क्षमताभन्दा दोब्बर संख्या हो’–उनले थपे ।
दुर्घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
अन्डाकार संरचनामा करिब ७० हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया तालमा दैनिक हजारौं यात्रीले ओहोर–दोहोर गर्ने गर्छन् । रासस/एएफपी