सन्धिखर्कमा अखिल छैठौं अर्घाखाँचीको २४ औं जिल्ला सम्मेलन जारी

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज ५ । अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवरले समाजमा हुने अवाञ्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अखिल छैठौं अर्घाखाँचीको २४ औं जिल्ला सम्मेलनको आज सन्धिखर्कमा उद्घाटन गर्दै कुँवरले यस्तो बताउनु भएको हो ।
मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा बेरोजगारीले पनि साथ दिएको भन्दै यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्ने बताउनु भएको हो ।
छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता उपाध्यक्ष बिष्णु केसिको स्वागत मनतब्य र सहसचिव सन्देश खनालको सन्चालनमा सम्पन्न उद्घाटन शत्रमा राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसि,अनेम संघकि केन्द्रीय उपाध्यक्ष सकुन्तला राना,राजमो केन्द्रीय सदस्य झबिलाल थापा,जिल्ला अध्यक्ष थम्मन केसि,किसान संघका केन्द्रीय महासचिव कृष्ण केसि,राजमो जिल्ला सचिव बाबुराम पन्थी सुनार,राजमो सन्धिखर्क उपाध्यक्ष पशुपति ढकाल ,युबक संघका सचिव ठाकुर पन्थी सुनार लगायतका बक्ताहरूले सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दे आजै समापन हुने छैठौंले अर्घाखाँचीले जनाएको छ ।